
२३ भदौ, काठमाडौं । ट्रमा सेन्टरमा मृत्यु भएका ३ जना मृतकहरूको सनाखत भएको छ । अस्पताल स्रोतका अनुसार, अहिलेसम्म ट्रमा सेन्टरमा मात्रै ९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ३ जनाको नाम अनलाइनखबरले प्राप्त गरेको छ ।
मृत्यु हुनेहरूमा ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ र कीर्तिपुर बस्ने ४२ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छन् ।
अन्य ५ जनाको भने सनाखत हुन बाँकी भएको ट्रमा सेन्टरका एक चिकित्सले बताए ।
उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
उता, विराटनगरमा पनि २ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4