
News Summary
Generated by OK AI. Editorially reviewed.- जेन-जी आन्दोलनको क्रममा सोमबार प्रहरीको गोली लागेर कम्तीमा २० जनाको मृत्यु भएको छ।
- लोकप्रिय लोकपप ब्याण्ड नेपथ्यका मुख्य गायक अमृत गुरुङले गोली हान्ने आदेश दिनेप्रति धिक्कार रहेको भन्दै भत्र्सना गरेका छन्।
- जेनजी आन्दोलनलाई समर्थन गर्दै नेपथ्यले आफ्नो बहुचर्चित गीत 'गाउँ गाउँबाट उठ'लाई सामाजिक संजालमा सेयर गरेको थियो।
काठमाडौं । जेन-जी आन्दोलनको क्रममा सोमबार प्रहरीको गोली लागेर कम्तीमा २० जनाको मृत्यु भएको छ ।
भ्रष्टाचार, नेताका सन्तानको विलासी जीवनयापन र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै जेनजीले देशभर आन्दोलन गरिरहेका छन् ।
दर्जनौंको ज्यान जाने गरि सरकारले वर्वर दमन गरेको भन्दै सेलिब्रेटी तथा नागरिक तहले यसको विरोध गरिरहेका छन् । यस्तोमा, लोकप्रिय लोकपप ब्याण्ड ‘नेपथ्य’ले सरकारी दमनको भर्त्सना गरेको छ ।
मुख्य गायक अमृत गुरुङले गोली हान्ने आदेश दिनेप्रति धिक्कार रहेको भन्दै भत्र्सना गरेका छन् । उनी लेख्छन्, ‘नाती पुस्तालाई गोली हान्ने आदेश दिने…सबैप्रति धिक्कार छ ।’
जेनजी आन्दोलनको पूर्वसन्ध्यामा पनि आन्दोलनलाई समर्थन गर्दै ब्याण्डले आफ्नो बहुचर्चित गीत ‘गाउँ गाउँबाट उठ’लाई सामाजिक संजालमा सेयर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4