+
+
Shares

आलोचनापछि काठमाडौंका सीडीओले वेबसाइटबाट हटाए तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १९:०५

२३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो वेबसाइटबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको तस्वीर हटाएको छ ।

जेनजी युवाहरूको प्रदर्शनका क्रममा काठमाडाैंमै  १७ जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाउन लगाएका हुन् ।

काठमाडौंमा भएको जेनजी युवाहरूको प्रदर्शनमा दमन गरेको भन्दै सीडीओ रिजालको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

सीडीओ रिजालले आफ्ना सन्तानलाई विदेशमा राखेर पढाइरहेको तर, काठमाडौंमा युवाहरूको प्रदर्शनलाई दमन गर्न आदेश दिएको टिप्पणीसहित आलोचना भइरहेको छ ।

प्रशासनले कर्फ्यू जारी गरेपनि आक्रोशित प्रदर्शनकारीले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन् ।

कर्फ्यू तोडेको भन्दै प्रहरीले प्रदर्शनकारीमाथि लगातार गोली प्रहार गरिरहेको छ ।

काठमाडौंको बानेश्वरसहित शंखमुल, माइतीघर, थापागाउँ, सिंहदरबार लगायतका संवेदनशील क्षेत्रमा प्रहरीले सुरक्षा कडा बनाएको छ ।

जेनजी युवाहरूले प्रदर्शन नियन्त्रण गर्न असफल भएपछि काठमाडौं प्रशासनले सोमबार दिउँसो बानेश्वर आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

माइतीघरमा भेला भएर बानेश्वरतर्फ अगाडि बढेका युवाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीले अश्रु ग्यास, पानीको फोहोरा प्रहार गरेको थियो ।

निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी संघीय संसद भवनभित्र प्रवेश गर्न थालेपछि प्रहरीले लगातार गोली प्रहार गर्न थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?