+
+
Shares

जेनजी प्रदर्शनमा भएको घटना हृदयविदारक र दुखद्ः एमाले

‘हाम्रो पार्टीले आज भएको घटना हृदयविदारक र दुखद् भएको निष्कर्ष निकालेको छ’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘घटनामा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुका परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछौं।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले जेनजीहरुको प्रदर्शनका क्रममा भएको घटनालाई हृदयविदारक र दुखद् भनेको छ।
  • प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते परिवारप्रति संवेदना व्यक्त गर्नुभएको छ।
  • गौतमले घाइतेहरुको निशुल्क उपचार सरकारसँग माग गर्दै हिंसा नलम्ब्याउन र वार्ताबाट समाधान खोज्न आग्रह गर्नुभएको छ।

२३ भदौ, काठमाडौं। नेकपा एमालेले जेनजीहरुको प्रदर्शनका क्रममा भएको घटनालाई हृदयविदारक र दुखद् भनेको छ ।

‘हाम्रो पार्टीले आज भएको घटना हृदयविदारक र दुखद् भएको निष्कर्ष निकालेको छ’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘घटनामा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुका परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछौं।’

घाइतेहरुको निशुल्क उपचार उनले सरकारसँग माग राखेका छन्। ‘आन्दोलनकारी र सरकार दुवै पक्षलाई संयमता अपनाएर वार्ताबाट समाधान खोज्न र हिंसा नलम्ब्याउन जोडदार माग गर्दछौ’, गौतमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?