
कर्फ्यु आदेश जारी भएपछि माइकिङ गर्दै प्रहरी ।
२४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा आज बिहान १० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहान १० बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेकी हुन् ।
कर्फ्यु जारी गरिएको क्षेत्र पोखरा महानगरपालिकाका ९, २, १ र ६ नम्बरवडा पर्छन् । यी क्षेत्रमा कर्फ्यु अवधिभर धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
सोमबार जेनजी आन्दोलनका क्रममा काठमाडौं लगायतका धेरै ठाउँमा प्रहरीले बल प्रयोग गरेपछि आज पनि आन्दोलन जारी छ । त्यसैले पोखरमा कर्फ्यु आदेश जारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4