
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्टक एक्स्चेन्जले जटिल परिस्थितिका कारण २४ भदौका लागि सेयर बजार बन्द गरिएको सार्वजनिक सूचना जारी गरेको छ।
- धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ अनुसार प्राकृतिक प्रकोप वा राष्ट्रिय संकटमा कारोबार स्थगन गर्न सकिने व्यवस्था छ।
- काठमाडौं जिल्ला प्रशासन कार्यालयले चक्रपथ भित्र कर्फ्यु आदेश जारी गरेको छ, जसले बजार कारोबारमा असर पुगेको छ।
२४ भदौ, काठमाडौं । मंगलबार सेयर बजार बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै जटिल परिस्थितिका कारण बजार बन्द गरिएको जनाएको छ ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ अनुसार आजका लागि कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ ।
‘प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ’ सो नियमावलीमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान ८ बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कर्फ्यु आदेश जारी गरेको छ ।
अघिल्लो दिन जेनजी प्रदर्शनकारीमाथि सरकारले गरेको दमनका कारण १९ युवाको मृत्युपछि आज चक्रपथभित्र कर्फ्यु आदेश जारी भएको छ । यस्तो अवस्थामा सहज मानसिकताले कारोबार हुन नसक्ने भन्दै लगानीकर्ताले बजार बन्द गर्न माग गरेका थिए ।
प्रतिक्रिया 4