+
+
Shares

काभ्रेमा थपियो कर्फ्यू र निषेधाज्ञा

पाँच जनाभन्दा बढी मानिस जम्मा हुन र आवतजावतमा रोक

कपिल कोइराला कपिल कोइराला
२०८२ भदौ २६ गते १३:३५

२६ भदौ, काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कर्फ्यू र निषेधाज्ञा समय थप गरेको छ ।

प्रशासनले साँझ ५ बजेसम्म काभ्रेपलाञ्चोक जिल्लाभर पाँच जनाभन्दा बढी मानिस जम्मा हुन, आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी विज्ञप्तिमा भोलि बिहान ६ बजेसम्मको लागि कर्फ्यू र निषेधाज्ञा थप गरीएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, मुलुकमा केही दिन अगाडिबाट सुरु भएको आन्दोलनको प्रभाव स्वरुप विरोध कार्यक्रम एवं जुलुस तथा भिडहरूबाट सार्वजानिक शान्ति एवं सुव्यवस्थामा खलल पुग्ने एवं हिंसात्मक तथा ध्वंसात्मक घटना हुन सक्ने देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार काभ्रेपलाञ्चोक जिल्लाभर लागू हुनेगरी निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरिएको छ ।

अत्यावश्यक सेवाका ऐम्बुलेन्स, दमकल, शववाहन, औषधी, पानी, दुध र तरकारी बोक्ने सवारी साधन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पर्यटक र अन्तराष्ट्रिय हवाई टिकट भएका यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुनेछ ।

बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अति आवश्यक काम, आवश्यक सेवा र किनमेलको लागि सुरक्षा निगरानीमा खुल्ला गर्ने आदेशमा उल्लेख छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?