 
																			२६ भदौ, काठमाडौं । असली जेनजी दाबी गर्दै दुई युवा सुनधाराको बीच सडकमा धर्ना बसेका छन् ।
सुनधारा क्षेत्रमा जम्मा भएका अरू युवा असली जेनजी नभएको ती दुई युवाको आरोप छ ।
ती दुई युवा ‘काभ्रे रिप्रिजेन्ट लेट्स गेट इट’ लेखिएको प्लेकार्ड बोकेर बीच सडकमा बसेका छन् ।
उनीहरूको दाबी छ, ‘असली जेनजी हामी हौं, उपस्थित भएका अन्य व्यक्तिहरू जेनजी होइनन् । जेनजी भए उनीहरू पनि हामी जसरी नै बीच सडकमा धर्ना बस्न आउन सक्नुपर्थ्यो ।’
सुनधारा क्षेत्रमा नेपाली सेनाको बाक्लो उपस्थिति छ । उनीहरू सेनाको घेराभन्दा अगाडि बीच सडकमा धर्ना बसेका छन् ।
सडकमा भेला भएको समूहलाई शान्त रहन नेपाली सेनाले माइकिङ मार्फत अनुरोध गरिरहेको छ । यसको बाबजुद पनि त्यहाँ भेला भएका युवाहरू एक आपसमा विवाद गरिरहेका छन् ।

 
  
  
  
  
 
तस्वीरहरू : चन्द्रबहादुर आले
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
     
     
     
     
     
                
प्रतिक्रिया 4