+
+
Shares

‘जेनजीसँग राष्ट्रपतिले संवाद गर्नुपर्छ, अन्तरिम सरकार बनाएर चुनावमा जानुपर्छ’

‘जेनजीसँग राष्ट्रपतिले संवाद गर्नुपर्छ, अन्तरिम सरकार बनाएर चुनावमा जानुपर्छ’देशको अभिभावक राष्ट्रपति हो । राष्ट्रपतिले अहिलेको समस्या संविधानभित्र रहेर समाधान गर्नुपर्छ । जेनजीको माग मुद्दालाई सम्बोधन गर्ने गरी अन्तरिम सरकार बनाएर चुनाव गराउनुपर्छ ।’

केदारभक्त माथेमा, पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वउपकुलपति
२०८२ भदौ २६ गते १८:४५

जेनजीको आन्दोलनमा युवाहरूले ज्यान गुमाउनु दुःखद् घटना हो । उनीहरूका माग जायज छन् । तर जेनजीका माग भन्दा फरक गरी घटना भयो । धेरै जनधनको क्षति भयो । दोषीलाई कानूनी दायरामा ल्याउनुपर्छ ।

सार्वजनिक वा व्यक्तिगत कसैको पनि तोडफोड र आगजनी गर्नुभएन । यसको अध्ययन अनुसन्धान गर्न स्वतन्त्र न्यायिक आयोग बनाउनुपर्छ । यो संकटबाट देशलाई सही बाटोमा ल्याउनुपर्छ । त्यसका लागि अहिले अन्तरिम सरकार बनाउनुपर्छ ।

अन्तरिम सरकारले एजेन्डा दिनुपर्छ । यो सरकारको काम के हो भनेर तय गर्नुपर्छ । सरकारले प्रशासन त चलाउनु पर्‍यो । त्यो सँगै उसले भ्रष्टाचारको अनुसन्धान गर्न न्यायिक निकाय आयोग गठन गर्नुपर्छ ।

जेनजी भाइबहिनीहरूको एजेन्डा पनि त्यही हो भन्ने बुझेको छु । सुशासन, सरकारी कार्यालयमा हुने ढिलासुस्ती र विकासका काममा लाग्नुपर्छ । युवा विदेश पलायन रोक्नका लागि जेनजीको भावना अनुसार अब बन्ने सरकारले काम गर्नुपर्छ ।

जनताको जुन अवस्था छ, त्यो अवस्थालाई सुधार गर्नुपर्छ । संविधानमा नमिलेका विषय अहिलेको संविधानको परिधिमा रहेर मिलाउने हो । लोकतन्त्रबाट दायाँबायाँ जानुहुँदैन ।

अन्तरिम सरकारले संविधान परिमार्जनको खाका बनाउन कुनै आयोग बनाएर जान पनि सक्छ । तर संशोधन अबको चुनावबाट आउने प्रतिनिधिले गर्नु उपयुक्त हुन्छ । निर्वाचनको कति कुराले भ्रष्टाचार बढाएको छ ।

निर्वाचन पारदर्शी र खर्चिलो हुनुभएन । निर्वाचन प्रणालीमा कुनै समस्या भए विज्ञ बसेर समाधानको उपाय निकाल्नुपर्छ । लोकतन्त्रलाई पनि मास्नुहुँदैन । अहिलेको संकट छिटोभन्दा छिटो समाधान गर्नुपर्छ ।

जेनजीले के भन्छन् उनीहरूसँग वार्ता गर्नुपर्छ । राष्ट्रको अभिभावक राष्ट्रपति हुनुहुन्छ । उहाँले अभिभावकको भूमिका निभाउनुपर्छ । जेनजीसँग राष्ट्रको अभिभावकले छलफल गरेर निकास निकाल्नुपर्छ । चुनाव गरेर देशलाई सही ठाउँमा ल्याउनुपर्छ ।

(पूर्वउपकुलपति माथेमासँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?