+
+
WC Series
कर्णाली याक्स 2025
34/1 (4.5)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

सरकारलाई भीम रावलले भने– चुनाव गराउने जिम्मेवारी हो, दिर्घकालीन सम्झौता नगरिओस्

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाका नेता भीम रावलले अन्तरिम सरकारलाई दिर्घकालीन महत्त्वका सम्झौता नगर्न आग्रह गरेका छन्।
  • रावलले भारतसँग विद्युत महसुल बढी तिर्ने सम्झौता गरेको आरोप लगाए।
  • उनले निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकारलाई जेनजी आन्दोलनमा लुटिएका हतियार नियन्त्रणमा लिन आग्रह गरे।

१२ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले अन्तरिम सरकारलाई दिर्घकालीन महत्त्वको सम्झौता नगर्न आग्रह गरेका छन् ।

नेकपाले सुदूरपश्चिमको धनगढीमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै रावलले वर्तमानको सरकारको प्रमुख जिम्मेवारी निर्वाचन गराउने भएको बताउँदै दिर्घकालीन महत्त्वका सम्झौता नगर्न आग्रह गरे ।

‘यो सरकारले चुनाव गराउने प्रमुख जिम्मेवारी पाएको छ, तर मैले सुनेको छु, कतिपय असमान सन्धि–सम्झौताहरू गर्ने, अहिले विद्युत नियमन आयोगसँग सल्लाहा नगरेर भारतसँग सम्झौता गरेर विद्युतको जथाभावी महसुल बढी तिर्ने गरी भारतसँग सम्झौता गर्ने ।’

अन्तरिम सरकारको जिम्मेवारी निर्वाचन गराउने भएको दोहार्‍याउँदै उनले भारतसँग सुपुर्दगी सन्धि गरेर सरकारले लुकाएको समेत आरोप लगाए ।

उनले भने, ‘सुपुर्दगी सन्धिमा कानुनी सहायता सन्धि सम्झौतामा नेपालले लामो समयदेखि अस्वीकार गर्दै आएको कुरालाई फेरि त्यो सम्झौता गोप्य राख्ने जस्ता कुरा हामीले सुनेका छौं, यो सरकारको काम भनेको निर्वाचन गर्ने मात्रै हो र उसले त्यो निर्वाचन गर्नुपर्छ, दिर्घकालीन प्रकृतिका सम्झोताहरू गर्ने ।’

उनले देशको स्वाधिनतामाथि खेलबाड गरे सुदूरपश्चिमका जनताले प्रतिवाद गर्ने चेतावनी दिए ।

उनले भने, ‘हामीले, नेपाली जनताले २००६ सालदेखि बनेको कम्युनिस्ट पार्टीको नेतृत्वमा हामी जसरी विभिन्न असमान सन्धि सम्झौताबाट मुक्त नेपाल, भीमदत्त पन्तले उठाएको स्वतन्त्रताको, स्वाधिनताको झण्डा, जयपृथ्वी बहादुरले उठाएको सामाजिक परिवर्तनको झण्डा, डा. केई सिंहले असमान सन्धि सम्झोताविरुद्धको झण्डालाई आज फेरि अनेक षड्यन्त्र गरेर कसैले झुकाउने षड्यन्त्र गर्छ भने मलाई विश्वास छ सुदूरपश्चिमका जनताहरू त्यो राष्ट्रिय स्वाधिनताको झण्डा लिएर मैदानमा उत्रिनेछन्, त्यस्तालाई चुनौती दिनेछन् ।’

उनले अन्तरिम सरकारलाई नेकपा चुनावका लागि पूर्णरूपमा तयार भएको बताए । तर, निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन जेनजी आन्दोलनमा लुटिएका प्रहरीका हतियार नियन्त्रणमा लिनुपर्ने उनले बताए ।

उनले भने, ‘आज अन्तरिम सरकारलाई भन्न चाहन्छौं, आउँदो निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी जनताको ताजा जनमत लिन तयार छ, त्यसकारण त्यो निर्वाचन निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्नको लागि यो सरकारले बाहिर रहेका गोली गठ्ठा, बन्दुक तत्काल आफ्नो नियन्त्रणमा लिओस् र कुनै पनि प्रकारको अप्रिय घटना घट्न नदिनका लागि यसले सुनिश्चित गरोस् भनेर यहीँबाट अन्तरिम सरकारलाई माग गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?