+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

मिसन ०८४ होइन, पतन ०८४ आउँदैछ भनेर ओलीलाई भनेको थिएँ : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १५:४२

१२ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभइ पतन ०८४ आउँछ भनेर आफूले भनेको बताएका छन् ।

शुक्रबार सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा रावलले यस्तो बताएका हुन् ।

‘मैले त्यही बेलामा भनेको थिएँ, मिसन ०८४ होइन पतन ०८४ आउँदैछ भनेको थिएँ,’ रावलले भने ।

उनले जेनजी आन्दोलनमा जलेका संरचनाको खरानी धसेर ओलीले जनतालाई तर्साउन थालेको आरोप समेत लगाए ।

‘आज केपी ओलीजी खरानी धसेर जनतालाई तर्साउन खोज्दै हुनुहुन्छ,’ रावलले भने ।

उनले अब सुदूरपश्चिमका जनता राष्ट्रिय स्वाधिनताको झण्डा बोकेर उत्रने पनि विश्वास व्यक्त गरे ।

‘आउने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी जनताको ताजा जनादेश लिन तयार छ । विगतका कुनै पनि गल्ती त्रुटिलाई दोहोरिन नदिइ निर्वाचन सम्पन्न गराउन तयार छ,’ उनले भने ।

साथै उनले सुदूरपश्चिमबाटै नेकपा एक नम्बर दल बन्ने दाबी समेत गरे ।

‘नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमबाट एक नम्बरमा आयो आयो भन्ने सन्देश अहिलेको सभाले दिएको छ । चुनावमा समेत हामी एकजुट भएर सबै जाती, भाषा, धर्म क्षेत्रका जनता एकजुट हुनेछौं,’ रावलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?