२६ कात्तिक, काठमाडौं । नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित सभामा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो ।
रावलले आजै सात बुँदे सहमति गरेका थिए । सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर छ ।
हस्ताक्षर लगत्तै सभा गृहमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4