+
+
Shares

आपूर्ति शृङ्खला खल्बलिन नदिऔं : निकासी पैठारी संघ

यस्ता घटनाबाट दीर्घकालसम्म व्यवसायमा हुने स्वदेशी र विदेशी लगानी प्रभावित हुने र समृद्धि यात्रामा अवरोध आउने संघको ठहर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल समुद्रपार निकासी पैठारी संघले भ्रष्टाचार नियन्त्रण र वाक स्वतन्त्रताका लागि भएको प्रदर्शनमा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेको छ।
  • संघले प्रदर्शनमा भएको तोडफोड र आगजनीले उद्यमी तथा व्यवसायी भयभीत भएको र लगानी प्रभावित हुने बताएको छ।
  • व्यवसायिक सम्पत्ति सुरक्षाको ग्यारेन्टी र शान्ति सुरक्षाको प्रबन्ध यथाशीघ्र मिलाउन संघले सबै पक्षलाई अपिल गरेको छ।

२७ भदौ, काठमाडौं । जेनजीले भ्रष्टाचार नियन्त्रण, सुशासन र वाक स्वतन्त्रताका पक्षमा आह्वान गरेको प्रदर्शन क्रममा भएको अकल्पनीय जनधनको क्षतिप्रति नेपाल समुद्रपार निकासी पैठारी संघले दु:ख व्यक्त गरेको छ ।

आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।

प्रदर्शन क्रममा उद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, तिनका कार्यालय एवं निवासलाई तोडफोड र आगजनीको निसाना बनाइएबाट उद्यमी–व्यवसायी अभूतपूर्व रूपमा भयभित भएको संघले जनाएको छ ।

यस्ता घटनाबाट दीर्घकालसम्म व्यवसायमा हुने स्वदेशी र विदेशी लगानी प्रभावित हुने र समृद्धि यात्रामा अवरोध आउने संघको ठहर छ ।

अहिलेको जटिल अवस्थामा व्यावसायिक कर्तव्यबोध साथ अघि बढ्न र अत्यावश्यकीय वस्तुको आपूर्ति शृङ्खला खल्बलिन नदिन सम्पूर्ण सदस्य तथा गैरसदस्य व्यवसायीमा अपिल गरेको छ ।

यसमा समन्वय र सहजीकरण गरिदिन सरोकारवालालाई आग्रह गरिएको छ । सम्पूर्ण सरकारी निकाय र कार्यालय तत्कालै काममा फर्किंदा सहजीकरणको वातावरण बन्ने संघको अपेक्षा छ ।

नहुनुपर्ने भइसकेर मुलुक इतिहासकै कहालीलाग्दो क्षणबाट बिस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको अवस्थामा भ्रष्टाचार, कुशासन र बेथितिमुक्त नवनेपाल निर्माणको दिशामा अगाडि बढ्नुको विकल्प नभएको संघको भनाइ छ ।

अहिलेको तरल अवस्था चाँडै नै अन्त्य भई युवापुस्ताको चाहना बमोजिम समृद्धि यात्रामा देश अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

सुशासन र समृद्धिको दिशामा सरकोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्न सदैव तयार रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । देशका लागि अझ बढी वित्तीय स्रोत र अझ बढी रोजगारी आवश्यक परेको यो अवस्थामा नियमित उद्यम–व्यवसाय चल्ने वातावरणका निम्ति अपरिहार्य शान्ति सुरक्षाको प्रबन्ध यथाशीघ्र मिलाउन संघसम्बद्ध सबै पक्षलाई अपील गरिएको छ ।

व्यावसायिक एवं व्यक्तिगत सम्पत्ति सुरक्षाको ग्यारेन्टी भएको अवस्थामा मात्रै युवापुस्ताले चाहेको सुशासन, बेथिति अन्त्य र समृद्धि हासिल गर्न सकिने हुँदा त्यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गरिएको छ ।

अर्थतन्त्रको चालक शक्ति निजी क्षेत्रका व्यावसायिक गतिविधि भयरहित वातावरणमा निर्धक्कसँग चल्न नसके अर्थतन्त्रमा थप समस्या आउने भन्दै संघले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी–व्यवसायीले निर्वाध पेसा–व्यवसाय गर्न सक्ने वातावरण निर्माणका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह गरिएको छ ।

निषेधाज्ञा एवं कर्फ्युका बेला अत्यावश्कीय सेवा दिने पेसाकर्मीको आवतजावत तथा औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यकीय वस्तु ओसारपसारमा सहजीकरण गर्न समेत सम्बद्ध निकायलाई आग्रह गरिएको छ ।

परिस्थिति प्रतिकूल भए पनि हिम्मतसाथ गुणस्तरीय सामान नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिन सम्पूर्ण सदस्य तथा अन्य व्यवसायीमा संघको अपील छ ।

अत्यावश्यकीय लगायत अन्य सामान आयात निर्यातका लागि आवश्यक सुरक्षा प्रबन्ध गरी सम्पूर्ण भन्सार नाका सुचारु गर्ने वातावरण बनाउन आग्रह गरिएको छ ।

मुलुकमा राजनीतिक स्थिरता कायम गर्न र यस्ता अप्रिय घटना दोहोरिन नदिन युवापिढीको चाहना अनुरूप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेसा–व्यवसाय गर्न पाउने अधिकार सुनिश्चिततासँगै लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्नेमा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?