+
+
Shares

काभ्रेमा हट्यो निषेधाज्ञा र कर्फ्यू

कपिल कोइराला कपिल कोइराला
२०८२ भदौ २८ गते १२:४७
फाइल फोटो

२८ भदौ, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञा र कर्फ्यू आदेश रद्द गरेको छ ।

जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको भन्दै प्रशासन कार्यालयले निषेधज्ञा र कर्फ्यूको आदेश हाललाई रद्द गरिएको जनाएको हो ।

जेनजी आन्दोलका कारण स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि काभ्रेमा पनि निषेधाज्ञा र कर्फ्यू लगाइएको थियो ।

शुक्रबार अन्तरिम सरकारको प्रधानमन्क्रीमा सुशीला कार्की नियुत्त भएसँगै काठमाडौं, काभ्रेसहितका विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञा र कर्फ्यू क्रमशः हटाउन थालिएको छ ।

स्थिति बिग्रिएपछि देशैभर नेपाली सेनाले कमाण्ड हातमा लिएर कडाइ गरेको थियो ।

जिल्ला प्रशासन काभ्रेले सामाजिक सद्भाव कायम राख्दै शान्ति सु–व्यवस्था कायम गर्न सहयोग गर्न पनि सबैमा अनुरोध गरेको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?