+
+
Shares

कांग्रेसले फेरि भन्यो- प्रतिनिधिसभा विघटन असंवैधानिक छ

आइतबार एक विज्ञप्ति जारी गर्दै उनले प्रतिनिधिसभा विघटनको कार्यले संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १६:१५

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको दोहोर्‍याएको छ । उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटनविरुद्ध पार्टी रहेको बताएका हुन् ।

प्रतिनिधिसभा विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको उनले बताएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै उनले प्रतिनिधिसभा विघटनको कार्यले संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको बताएका छन् ।

‘संविधानबमोजिम जनताबाट लोकतान्त्रिक विधिअनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक छ,’ खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ ।’

यसले लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसलाभन्दा विपरीत भएको उनले बताएका छन् ।

साथै, उनले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको वास्तविक आंकलन प्रक्रिया अविलम्ब शुरु गर्न आग्रह गरे । भदौ २३ र २४ गते भएको घटनाको सम्पूर्ण छानबिन गर्नका लागि माग गरेको स्मरण गराउँदै सरकारलाई पुन: स्मरण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?