+
+
Shares

पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल

मुलुकले पहिलोपटक महिला महान्यायाधिवक्ता पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १९:४८

२९ भदौ, काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।

प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

आजै मात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए ।

यो सँगै मुलुकले पहिलोपटक महिला महान्यायाधिवक्तामा पाएको छ ।

पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी कार्कीले महान्यायाधिवक्तामा पनि महिला नै नियुक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?