+
+
Shares

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुटकारा

जीबी राईदेखि छविराज जोशीसम्मले सम्पत्ति शुद्धीकरण र संगठित आरोपबाट छुटकारा पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १८:१०
फाइल तस्वीर

२ माघ, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रालि जोडिएको सहकारी ठगी मुद्दामा सबै आरोपित विरुद्ध दुई अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी छन् ।

गत बुधबार रवि लामिछानेको हकमा मात्रै निर्णय भएकोमा त्यसको दायरा बढाएर जीबी राई, छविराज जोशी लगायत विरुद्धका दुई अभियोग समेत फिर्ता हुने भएको महान्यायाधिवक्ता कार्यालयसम्बद्ध स्रोतले बतायो ।

रवि बाहेकका व्यक्तिहरूको हकमा भने शुक्रबार निर्णय भएको हो ।

अब उनीहरूले सहकारी ठगीको मुद्दा मात्रै सामना गरे पुग्छ भने पीडितहरूको रकम फिर्ता गरेमा मिलापत्र गर्ने बाटो समेत खुला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?