+
+
Shares

सिन्धुलीबाट फरार भएका ४७१ मध्ये २५४ कैदी कारागार फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते ८:५०

१ असोज, काभ्रेपलाञ्चोक । सिन्धुली कारागारबाट फरार भएका ४७१ कैदी मध्ये २५४ जना कैदी कारागार फर्किएका छन् ।

गत २५ गते आगजनी र तोडफोडपश्चात सिन्धुली कारागारबाट फरार भएका कैदीमध्ये २५४ जना फर्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

केही कैदीलाई बर्दिबास, खुर्कोट तथा सिन्धुलीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको थियो । सिन्धुली कारागारबाट फरार भएका मध्ये २ जना काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख सुवेदीका अनुसार फरार भएकामध्ये धेरैजसो आफैं उपस्थित भएका र केहीलाई सुरक्षाकर्मीहरूले पक्राउ गरी ल्याइएको जानकारी दिए । बाँकी कैदीहरूको खोजी कार्य अझै जारी छ ।

फर्किएका कैदीहरूमध्ये धेरैले परिस्थिति असामान्य भएकै कारण भाग्न बाध्य भएको बताएका छन् । कारागार व्यवस्थापनलाई पुनः सामान्य अवस्थामा ल्याउने, बाँकी फरारलाई खोजी गर्ने र भविष्यमा यस्ता घटना नदोहरिने उपाय खोज्ने कार्यलाई प्राथमिकतामा राखिएको कारागार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?