
१३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एमसीसी सरोकार समितिले एमसीसी अन्तर्गत विद्युत प्रसारण लाइन निर्माणका लागी सबै ठेक्का सम्झौता सम्पन्न गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एमसीसी सरोकार समितिका संयोजक भरत सीले प्रेश विज्ञप्ति निकालेर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कि संविधान भित्र ल्याउनुपर्ने कि कि खारेज गर्नुपर्ने बताएका छन् ।
‘कामचलाउ सरकारले राष्ट्रिय स्वाधीनतासँग जोडिएको यस्तो विवादित परियोजना लागू गर्ने अधिकार पनि राख्दैन’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो स्पष्ट धारणा छ कि एमसीसी परियोजनालाई नेपालको संविधान र कानुनभित्र ल्याइयोस या खारेज गरियोस् ।’
अन्यथा देशभक्त जनताको झन ठूलो जनप्रतिवादको सामाना गर्नुपर्ने चेतावनी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4