+
+
Shares

विपद्को बेलामा महँगो भाडा नलिन राइडिङ सेयरिङ एप्सलाई प्रशासनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १७:४७

१८ असोज, काठमाडौं । राइडिङ सेयरिङ एप्सहरूलाई साविकको भन्दा महँगो भाडा नलिन जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आग्रह गरेको छ ।

पठाओ, इन्ड्राइभ, यांगो लगायतका राइड सेयरिङबाट यात्रुहरू ठगिएको गुनासो आएको भन्दै प्रशासनले यस्तो कार्य नगर्न आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेकी हुन् ।

त्यस्तै, कसैले यस्ता किसिमका ठगी गरेको पाइए प्रमाणसहित प्रशासन कार्यालयमा पेश गर्न पनि आग्रह गरिएको छ ।

ठगी गर्नेहरूलाई प्रचलित कानुन अनुसार कडा कारबाही हुने प्रशासनले जनाएको छ । विमानस्थल बन्द भएसँगै उक्त क्षेत्रमा महँगो दर लगाएपछि यात्रुहरू समस्यामा परेका छन् ।

अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् ।

सरकारले भोलि र पर्सि सार्वजनिक बिदा समेत दिइसकेको छ । मनसुन अझै दुई दिन सक्रिय हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?