+
+
Shares

झरीपछि खुलेको रानागाउँ, मखमली र मनास्लु

तिहार नजिकिँदै गर्दा गाउँभरि मखमली फूलहरूको बैजनी र रातो रङ्गले करेसाबारी ढकमक्क पारेको छ। यही बेला, झरीले धोएर चम्किएको निलो आकाशमुनि मनास्लु मुस्कुराउँदै उभिएको छ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ असोज १९ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५, रानागाउँमा झरी रोकिएपछि मखमली फूलहरूको बैजनी र रातो रङ्गले करेसाबारी ढकमक्क परेको छ।
  • झरीले धोएर चम्किएको निलो आकाशमुनि मनास्लु हिमाल मुस्कुराउँदै उभिएको दृश्य प्राकृतिक सुन्दरताको दुर्लभ संयोग बनेको छ।
  • रानागाउँको दृश्य चित्रकारको क्यानभासभन्दा कम नहुने गरी स्फटिक जस्तै चम्किलो सेतो हिमाल र रंगीन फूलहरूले जीवन्त र आकर्षक देखिएको छ।

१९ असोज, गोरखा । झरी रोकिएर आकाश खुलेपछि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५, रानागाउँको सौन्दर्य यतिबेला अझै थपिएको छ ।

तिहार नजिकिँदै गर्दा गाउँभरि मखमली फूलहरूको बैजनी र रातो रङ्गले करेसाबारी ढकमक्क पारेको छ। यही बेला, झरीले धोएर चम्किएको निलो आकाशमुनि मनास्लु मुस्कुराउँदै उभिएको छ।

रानागाउँको यो दृश्य कुनै चित्रकारको क्यानभासभन्दा कम छैन । स्फटिक जस्तै चम्किलो सेतो हिमाल, गहिरो नीलो आकाश र भुइँमा फुलेका बैजनी मखमली फूलको रङ्गीन कन्ट्रास्टले दृश्यलाई असाध्यै जीवन्त र आकर्षक बनाएको छ।

प्राकृतिक सुन्दरताको यस्तो दुर्लभ संयोगले रानागाउँलाई प्राकृतिक पोस्टकार्डको रूप दिएको छ।

तस्वीरमा हेर्नुहोस् चन्द्रबहादुर आलेको लेन्सबाट कैद भएका केही तस्वीरहरूः

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?