
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न अनलाइन फारम भरेपछि कुनै पनि जिल्ला निर्वाचन कार्यालयमा गएर प्रक्रिया पूरा गर्न सकिने जनाएको छ।
- आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उमेर पुगेका मतदातालाई आयोगले नामावलीमा सूचिकृत हुन आह्वान गरिसकेको छ।
- काठमाडौं उपत्यकामा रहेका मतदाताले काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सक्नेछन्।
२२ असोज, काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्न सम्बन्धित जिल्ला जानु नपर्ने भएको छ ।
निर्वाचन आयोगले एक सूचना जारी गर्दै अनलाइन फारम भरिसकेपछि आयोगको जुनसुकै कार्यालयमा गएर मतादाता नामावलीमा नाम लेखाउने सक्ने जनाएको हो ।
यसअघि पनि आयोगले यथास्थानबाटै मतदाताको आवेदन स्वीकार गरी सूचिकृत गर्दै आएको थियो ।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले उमेर पुगेर पनि मतादाता नामावलीमा छुटेकाहरूलाई सूचिकृत हुन आह्वान गरिसकेको छ ।
आयोगका अनुसार अनलाइन फारम भरेपछि जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिनेछ ।
काठमाडौं उपत्यकामा रहेकाहरूले पनि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला निर्वाचन कार्यालयमा गई फोटो र बायोमेट्रिक दिन सक्नेछन् । जसअनुसार मतदाता नामावलीमा नाम नभएकाहरू काठमाडौं उपत्यकाबाट सम्बन्धित जिल्लामा समेत जानु पर्ने छैन ।
काठमाडौंको मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय ललितपुर, र सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सक्नेछन् ।
निर्वाचन कार्यालय जानुअघि सम्बन्धितले आयोगको अनलाइन पोर्टलमा गएर मतदाता नामावलीको फारम अनिवार्य भरेको हुनुपर्छ । मतदाता नामावली फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया 4