+
+
Shares

हमासले रिहा गर्‍यो २० जना बन्धक

हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रसको मद्दतमा गाजाका विभिन्न स्थानबाट इजरायल ल्याइएको हो । हालै हमासको नियन्त्रणबाट रिहा भएका बन्धकहरूको तस्वीर इजरायली सेनाले सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हमासले २०२३ अक्टोबर ७ मा अपहरण गरेका २० जना बन्धकलाई सोमबार रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको छ।
  • हमासले बन्धक रिहा गरेपछि इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्ने सहमति भएको छ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली संसदलाई सम्बोधन गर्ने र बन्धकका परिवारलाई भेट्ने कार्यक्रम रहेको छ।

२७ असोज, काठमाडौं । हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ ।

युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।

उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्र भएको आक्रमणका क्रममा अपहरण गरेर गाजा पुर्‍याएको थियो ।

हमासले २० जना बन्धक रिहा गरेसँगै सम्झौता अनुसार इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्नेछ । हमासले बन्धक रिहा गर्ने सहमतिपछि नेपालका विपिन जोशीको रिहाइ हुने अपेक्षा गरिएको थियो ।

तर, हालसम्म जोशीको अवस्थाबारे यकिन विवरण प्राप्त भएको छैन । उनलाई पनि हमासले २०२३ अक्टोबर ७ मै अपहरण गरेर बन्धक बनाएको थियो ।

हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रसको मद्दतमा गाजाका विभिन्न स्थानबाट इजरायल ल्याइएको हो ।

हालै हमासको नियन्त्रणबाट रिहा भएका बन्धकहरूको तस्वीर इजरायली सेनाले सार्वजनिक गरेको छ ।

जसमा जुम्ल्याहा दाजुभाई गली र जि बर्मन समेत रहेका छन् । उनीहरू रिहाइको खुशीमा आपसमा अंकमाल गरिरहेका देखिन्छन् । रिहाइपछिका तस्वीरमा बन्धकहरू इजरायली सैनिकसँग कुरा गरिरहेको पनि देखिन्छ ।

जुम्ल्याहा दाजुभाई गली र जि बर्मन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत इजरायल पुगेका छन् । ट्रम्पले सोमबार नै इजरायली संसदलाई सम्बोधन गर्ने छन् । साथै उनले बन्धकका परिवारलाई पनि भेट्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

ट्रम्पले अघि सारेको शान्ति योजना अनुसार अमेरिकासहित इजिप्ट, कतार र टर्की समेतको मध्यस्थतामा इजिप्टको कायरोमा इजरायल र हमासबीच युद्ध रोक्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?