
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले २८ असोजमा जनकपुरधामस्थित सदनमा राजीनामा घोषणा गर्नुभएको छ।
- विश्वासको मत लिन आज डाकिएको सांसद बैठकमा मुख्यमन्त्रीले आफ्ना कुरा राख्दै अन्त्यमा राजीनामा दिएका हुन् ।
२८ असोज, जनकपुरधाम।मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सदनबाटै राजीनामा घोषणा गरेका छन् ।
विश्वासको मत लिन आज सांसद बैठक डाकिएको थियो । सदनमा आफ्ना कुराहरू राख्दै उनले अन्तमा राजीनामा घोषणा गरेका हुन्।
पदबाट राजीनामामा घोषणा गर्नुअघि उनले सरकारमा हुँदा जनमत पार्टीले गरेको असहयोग र राजीनामामा प्रकरणबारे कडा रुपमा संकेत गरे । उनले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको एकल निर्णयप्रति पनि कडा टिप्पणी गरे।
बजेट बनाउने बेला ५ लाखसम्मको समेत बजेट राख्दा यस विषयमा पार्टी केन्द्रीय अध्यक्ष डा. सीके राउतलाई गुनासो गर्दा समेत उनले बजेट राख्नेलाई प्रोत्साहन गरेको आरोप लगाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4