+
+
Shares

बाटो खुलाउन हिउँ पन्छाउँदै सशस्त्र प्रहरी (तस्वीरहरू)

अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छाउन काम गरिरहेको सशस्त्र  प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १५:४९

११ कात्तिक, काठमाडौं । मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लामा गएरातिदेखि भएको हिमपातका कारण अवरुद्ध बनेको सडक खुलाउन सशस्त्र प्रहरीको टोली खटेको छ ।

अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छाउन काम गरिरहेको सशस्त्र  प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार मुस्ताङको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा गएरातिदेखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङले पन्छाएको छ ।

सो टोलीले कोरोला नाका जाने बाटोको हिउँ समेत पन्छाएको छ ।

कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाइएको उनले बताए । यो सडकमा थप हिमपात हुन सक्ने भन्दै उक्त क्षेत्रमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध समेत गरेको छ ।

त्यसैगरी मनाङको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा गएरातिदेखि परेको हिउँ समेत सशस्त्र प्रहरीले हटाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा टीलीले यात्रुहरूलाई सावधानी अपनाउन र मौसम प्रतिकूलताबारे सचेत रहन अनुरोध समेत गरेको छ ।

यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीहरूको सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ् म्याग्दीको टोली खटिएको उनले बताए ।

सो टोली पदयात्रीहरूको सहजता र सुरक्षाका लागि अन्नपूर्ण गाउँपालिका–४ हुमखोलाभन्दा माथिल्लो क्षेत्रसम्म पुगेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?