+
+
Shares

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १२:०८
एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ

९ माघ, काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् ।

मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार, एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका हुन् ।

पौडेलले अनलाइनखबरसँग भने, ‘एमाले र राप्रपाबाट उम्मेदवारी फिर्ताको निवेदन आएको छ । औपचारिक निर्णय दिउँसो १ बजे पछि हुन्छ ।’

एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवार दर्ता गरेका थिए । दुवै जना उम्मेदवार नहुने भएका छन् । मनाङमा पाँच जनाको उम्मेवारी परेको थियो ।

रास्वपाबाट उम्मेदवारको टिकट लिएका व्यक्ति तोकिएको समय भन्दा ढिलो गरी निर्वाचन अधिकृतका कार्यालय पुग्दा उनी उम्मेदवार हुन पाएका थिएनन् ।

कांग्रेसबाट यसअघि निर्वाचित टेकबहादुर गुरुङ पुन: उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?