+
+
Shares

सुनसरी-४ मा एमालेका कुसियतले नै पाए टिकट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:०८

६ माघ, विराटनगर । नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर ४ मा जगदीश कुसियतलाई नै टिकट दिएको छ ।

यसअघि उनको टिकट नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका अबुल हुसैन अन्सारीलाई दिइएको थियो । यो क्षेत्रबाट जगदीश कुसियतको एकल उम्मेदवारी सिफारिस भएको थियो ।

सुरुमा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज कुसियतले टिकट पनि पाएका थिए । तर, उनको टिकट नेपाली कांग्रेस छाडेर आइतबार एमाले प्रवेश गरेका अन्सारीलाई दिइयो । टिकट खोसेपछि एमाले भित्र विरोध भएको थियो ।

एमाले सुनसरी अध्यक्ष पर्शुराम यादवले कुसियतलाई नै टिकट दिइएको बताए । ‘उहाँकै हो टिकट, आज आउँदैछ,’ उनले भने, ‘उहाँ नै उम्मेदवार ।’

क्षेत्र नम्बर २ बाट रेवतीरमण भण्डारीले टिकट पाएका छन्  । सुनसरी क्षेत्र नम्बर १ मा सूर्यप्रकाश पन्धाकलाई दिइएको टिकट टिकाराम माङ्देनले पाएका छन् । क्षेत्र नम्बर ३ मा भगवती चौधरी उम्मेदवार बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?