+
+
Shares

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सर्लाही-३ बाट गराए मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
  • महतोले निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् र हालसम्म अन्य दलका उम्मेदवारले दर्ता गरेका छैनन्।
  • रामुपाले सर्लाही–२ मा अधिकार पहिचान, मधेशका मुद्दा र समावेशी विकासलाई प्रमुख एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिएको महतोले बताए।

६ माघ, सर्लाही। राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर महतोले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । हालसम्म उक्त क्षेत्रमा अन्य राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छैनन् ।

राजेन्द्र महतोको मनोनयन दर्तासँगै सर्लाही–२ को चुनावी माहोल तातेको छ ।

रामुपाले यस निर्वाचन क्षेत्रमा अधिकार पहिचान, मधेशका मुद्दा र समावेशी विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै मैदानमा उत्रिएको महतोको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?