६ माघ, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार मनऋषि धितालले जुम्लाबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अघि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा मनबहादुर नेपाली र समर्थकमा नारायणदत्त भट्ट छन् ।
सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले क्रम संख्या दुईमा धितालको उम्मेदवारी दर्ता भएको जानकारी दिए ।
तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धितालले प्रचण्डको साथ छोडेर जनार्दन शर्माको साथ रोजेका थिए । युद्धकालदेखि नै माओवादी केन्द्रमा सक्रिय धिताल जनयुद्धसँग सम्बन्धित एक दर्जन पुस्तकहरुका लेखक पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4