+
+
Shares

प्रतिनिधिसभा निर्वाचन : प्रलोपा कालीकोटबाट जैसीसहित ४ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १३:३०

२६ पुस, कालीकोट । प्रगतिशील लोकतान्त्रिक पार्टी जिल्ला समिति कालीकोटले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्येक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको छ ।

पत्रकार नेता जन्मदेव जैसीसहित ४ जनालाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो । जैसीसहित धर्मराज न्यौपाने, बिस्णुकुमारी शाही र प्रेम सहकारी सिफारिस भएका छन् ।

पत्रकार जैसी श्रमजीवि पत्रकारको हकहितका लागि लड्दै आएका व्यक्ति हुन् । त्यस्तै धर्मराज न्यौपाने, बिस्णुकुमारी शाही र प्रेम सहकारी स्थानीयस्तरदेखि सामाजिक अभियानमा छन् ।

उम्मेदवारको अन्तिम टुंगो केन्द्रको सुझाव लिँदै जिल्ला समितिले नै लगाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?