५ माघ,बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही-२ मा नारायण नागिलालाई उम्मेदवार बनाएको छ ।
बुटवल उपमहानगरपालिका- ४ आदर्शनगर निवासी नागिला प्रलोपा अध्यक्ष परिषदका सदस्य हुन् । नागिलालाई रुपन्देही-२ मा नागिलालाई उम्मेदवार बनाएको पार्टीका रुपन्देही इन्चार्ज पंकज राईले जानकारी दिए ।
तत्कालीन अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस इकाइ अध्यक्ष रहेका नागिला माओवादी सशस्त्र युद्धका बेला शिक्षकको जागिर छोडेर पार्टीमा क्रियाशील भएका थिए ।
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पाल्पामा केही समय पत्रकारिता समेत गरेका उनी बुटवलमा विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायत विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरेका छन् ।
माओवादीमा हुँदा उनी डा. बाबुराम भट्टराई निकट थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4