+
+
Shares

जेनजी अभियन्ता विकास रसाइलीले चितवन-१ बाट गराए मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन-१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट जेनजी अभियन्ता विकास रसाइलीले उम्मेदवारी दर्ता गराएका छन्।
  • रसाइलीले युवाहरूको प्रतिनिधित्व, जेनजी आन्दोलनको माग कार्यान्वयन र उत्पीडित वर्गको आवाज संसदसम्म पुर्‍याउन उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन्।

६ माघ, काठमाडौं । चितवन-१ बाट जेनजी अभियन्ता विकास रसाइली ( स्नेही) ले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

पछिल्लो समय युवा पुस्ताको मुद्दा उठाउँदै आएका रसाइली जेनजी आन्दोलनको अग्रपंक्तिमा रहेर सक्रिय रहँदै आएका छन् ।

उम्मेदवारी दर्तापछि रसाइलीले युवाहरूको प्रतिनिधित्व, जेनजी आन्दोलनको माग, एजेन्डा कार्यान्वयन गराउन तथा उत्पीडित वर्ग समुदायको आवाज संसदसम्म पुर्‍याउन आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?