+
+
Shares

मानिसको दिमागमा चिप हाल्दै च्याट जिपिटी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते ९:१३

आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईका सिइओ साम अल्टम्यानले एक नयाँ प्रोजेक्टमा ध्यान केन्द्रित गरेका छन् । अल्टम्यानको उक्त नयाँ प्रोजेक्टको नाम ब्रेन हो ।

रिपोर्ट अनुसार ओपन एआईले Merge Labs प्रविधिमा काम गर्दैछ, जो एक ब्रेन कम्प्युटर इन्टरफेस हो ।

यो प्रणालीको काम मस्तिष्कबाट आउने तरंग तथा आवाजलाई कैद गर्नु हो । यसका लागि कुनै पनि सर्जरीको आवश्यकता पर्ने छैन ।

अल्टम्यानको उक्त आसन्न प्रोजेक्टको सिधा टक्कर विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको न्युरालिंक कम्पनीसँग हुनेछ । न्युरालिंकले पनि मानिसको मस्तिष्कमा ब्रेन कम्प्युटर इन्टरफेस चिप प्रत्यारोपण गर्ने गर्दछ ।

न्युरालिंकले उक्त प्रविधिको सफल परीक्षण गरिसकेको छ । जसको मद्दतले प्रयोगकर्ताले आफ्नो मस्तिष्कको तरंग तथा आवाजको माध्यमबाट कम्प्युटरको कर्सर चलाउन सक्दछ ।

तर एलन मस्कको न्युरालिंकको चिप मस्तिष्कमा जडान गर्नका लागि टाउकोको शल्यक्रिया गर्नुपर्दछ । त्यसपछि मात्रै चिपसेटलाई प्रत्यारोपण गरिन्छ ।

तर साम अल्टम्यानले भने टाउकोको शल्यक्रिया नगरीकनै ब्रेन कम्प्युटर इन्टरफेसको प्रयो गर्ने दाबी गरिरहेका छन् ।

द भर्जमा प्रकाशित समाचार अनुसार अल्टम्यानले आफ्नो मर्ज ल्याब्सका लागि एउटा ठूलो तथा शक्तिशाली टिम तयार पार्दैछन् । यसमा चर्चित अणु वैज्ञानिक मिखाइल शिपारोको नाम पनि छ । यद्यपि उनी उक्त प्रोजेक्टमा कुन ओहोदामा हुनेछन भन्ने चाहिँ खुलेको छैन ।

स्मरण रहोस् एलन मस्कको न्युरालिंक कम्पनीको ब्रेन चिप त्यस्ता व्यक्तिहरुका लागि तयार गरिएको हो, जो पक्षघात पीडित छन् ।

नोलन अर्बो नामका व्यक्तिको मस्तिष्कमा पहिलोपटक सफलतापूर्वक न्युरालिंकले चिप जडान गरेको छ । उनी पक्षघातबाट पीडित थिए र गर्धन भन्दा तल्लो भागलाई नियन्त्रण गर्न सक्दैनथे । यस्तोमा न्युरालिंकको मस्तिष्क चिप उनका लागि निकै उपयोगी सावित भएको छ । चिप जडान पछि उनी स्वस्थ बनेका छन् र  चिपकै मद्दतले कम्प्युटर तथा ल्यापटप चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?