+
+
Shares

प्रतिकूल मौसमले अन्तर्राष्ट्रिय उडानका जहाज धमाधम ‘डाइभर्ट’

कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतारको दोहाबाट आएको नेपाल एयरलाइन्सको जहाजलाई नयाँदिल्ली डाइभर्ट गरिएको छ।
  • दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ र इन्डिगो एयरको जहाज दिल्ली डाइभर्ट भएका छन्।
  • आज बिहान लुक्लातर्फका आन्तरिक उडानहरू कम भिजिबिलिटीका कारण रद्द भएका छन्।

१३ कात्तिक, काठमाडौं । प्रतिकूल मौसमका कारण आज बिहीबार हवाई उडान प्रभावित भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ ।

दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ । दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई समेत दिल्ली डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ ।

आज आन्तरिक उडान समेत प्रभावित भएको छ । आज बिहान लुक्लातर्फका निर्धारित उडान रद्द भएका छन् । कम भिजिबिलिटीका कारण जहाज निर्वाध उडान–अवतरण हुन नसेकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?