+
+
Shares

दल दर्ताको पर्खाइमा १७ वटा पार्टी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १०:३९

१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगमा विभिन्न १७ वटा दल दर्ताको पर्खाइमा रहेका छन् ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार एउटा पार्टीले दल दर्ताको निवेदन फिर्ता लिन निवेदन दिएका छन् । त्यसबाहेक १७ वटा दलले दिएको दर्ताको निवेदन अध्ययनको क्रममा छ ।

अध्ययनपश्चात आयोगले दलहरूको विवरण पुगे/नपुगेको हेरेर निर्णय दिन्छ । विवरण नपुगे थप्न भन्नेछ भने पुगेको खण्डमा आधिकारिताको प्रमाणपत्र पाउनेछ ।

निर्वाचन आयोगबाट स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने दलले यही कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने हुन्छ ।

त्यसपछि मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते विहान ७ बजेदेखि वेलुका ५ वजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुष १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको छ ।

कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेका छ । यसकारण नयाँ दर्ता हुन चाहने दलले कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसकेर निर्वाचन प्रयोजनका लागि फेरि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?