News Summary
Generated by OK AI. Editorially reviewed.- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुँदैन कि भनेर आशंका गर्नुपर्ने ठाउँ नरहेको बताएका छन्।
- सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन र सरकार गठनविरुद्धको मुद्दा विचाराधीन अवस्थामा रहेको छ।
- निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि ७९ प्रकारका चुनाव सामग्रीको सूची तयार पारेको छ र १४ वस्तु खुला प्रतिष्पर्धाबाट किन्ने तयारी छ।
१८ कात्तिक, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुँदैन कि भनेर आशंका गर्नुपर्ने ठाउँ नरहेको बताएका छन् ।
प्रतिनिधि सभा विघटन र सरकार गठनविरुद्ध सर्वोच्चमा एक दर्जनबढी रिट दायर भएका छन् । सर्वोच्च अदालतमा संसद विघटन र सरकार गठनविरुद्धको मुद्दा विचाराधिन अवस्थामै रहेको अवस्थामा के हुन्छ भन्ने प्रश्नमा उनले यस्तो जवाफ दएका हुन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी सर्वोच्च अदालतबाट आउने आदेश पालना गर्न आफूहरू तयार रहेको बताउँछन् ।
उनका अनुसार सर्वोच्च अदालतबाट संसद् पुन:स्थापना भएपनि निर्वाचनका लागि खरिद गरिएका सामग्रीहरू २०८४ सालको निर्वाचन सम्पन्न गर्न प्रयोग गरिने सकिन्छ । तर, यद्यपि अहिले नै निर्वाचन हुँदैन भनेर शंका गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘अहिले नै हामीले निर्वाचन हुँदैन कि भनेर आशंका गर्नुपर्ने ठाउँ छैन ।’
उनी थप्छन्, ‘सम्मानित अदालतबाट जे आदेश आउँछ त्यो आदेशको पालना गर्न हामी तयार पनि छौं । तर निर्वाचनको लागि खरिद भएका सामानहरू अहिले निर्वाचन भएन भनेपनि २०८४ सालको निर्वाचनमा प्रयोग हुन्छन् । ती सामग्रीलाई हामी स्टोर गरेर राख्न सक्छौं ।’
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको चुनावका लागि चाहिने सामग्रीहरूको सूची तयार भएको छ ।
निर्वाचन आयोगले ७९ प्रकारका सामग्री चाहिने भनेर सूची तयार पारेको हो । त्यसमध्ये १४ वस्तु खुला प्रतिष्पर्धाबाट किन्ने तयारी छ ।
नेपालमा उपलब्ध हुने र मुलुक बाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको जोहो गर्न आयोग लागेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया 4