+
+
Shares

स्वयम्भूमा धर्मचक्र बनाएर ८४ हजार फूलले गरियो कूल पूजा (तस्वीरहरू)

बुधबार मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर, धर्मचक्र बनाएर कूल पूजा गरिएको नमुना बुद्ध विहारका प्रमुख शरद भन्ते शिक्षुले बताए ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ कात्तिक १९ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको स्वयम्भू महाचैत्यमा कात्तिक शुक्ल पूर्णिमाको दिन ८४ हजार धर्म स्कन्ध, ८४ व्यञ्जन, ८४ हजार फूल र ८४ अष्ट परिस्कारसहित पूजा गरिएको छ।
  • नमुना बुद्ध विहारका प्रमुख शरद भन्ते शिक्षुले यो पूजा विगत ६ वर्षदेखि निरन्तर गर्दै आएको र आज पनि भगवान बुद्धको देशना अनुसार पूजा गरिएको बताए।
  • सिद्धार्थ गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थवीरले महापरिनिर्वाण प्राप्त गरेको दिनको स्मरणमा विभिन्न कार्यक्रम हुने र बौद्धमार्गीहरूले यसलाई महापरिनिर्वाणको रूपमा बुझ्ने गरेका छन्।

१९ कात्तिक, काठमाडौं। काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार धर्म स्कन्ध (बुद्धको उपदेश/देशना), ८४ व्यञ्जन, ८४ हजार फूल र ८४ अष्ट परिस्कार (भिक्षुले अपनाउने व्‍यवहार)ले कूल पूजा गरिएको छ ।

बुधबार मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर, धर्मचक्र बनाएर कूल पूजा गरिएको नमुना बुद्ध विहारका प्रमुख शरद भन्ते शिक्षुले बताए ।

उनले अनलाइनखबरसँग भने,’यो पूजा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन विगत ६ वर्षदेखि निरन्तर गर्दै आएका छौं। आज पनि भगवान बुद्धले देशना गर्नु भएको ८४ हजार धर्म स्कन्ध, ८४ व्यञ्जन, ८४ हजार फूल र ८४ अष्ट परिस्कारसहित पूजा गरेका छौं।’

भिक्षु शरदका अनुसार स्वयम्भूमा बुद्धको देशनामा आमारित कथा वाचन समेत भएको र बुद्ध धर्ममा आस्था राख्ने उपासक र उपासिकाहरूको सहभागिता थियो।

आजकै दिन सिद्धार्थ गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थवीरले महापरिनिर्वाण प्राप्त गरेका थिए।

भौतिक संसारबाट बिदा हुनुलाई बौद्धमार्गीहरुले महापरिनिर्वाणको रुपमा बुझ्छन् ।

बुद्ध धर्म र दर्शनलाई संसारभर प्रचार गर्ने क्षेत्रमा योगदान दिएका सारिपुत्रको स्मरणमा विभिन्न कार्यक्रम हुने गर्दछ।

हेर्नुहोस् तस्वीरहरू : 

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?