News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२५ को मिस अर्थ प्रतियोगितामा चेक गणतन्त्रकी नताली पुस्किनोभाले ताज पहिरिनुभयो।
- नतालीले ८१ प्रतिस्पर्धीलाई पछि पार्दै जलवायु परिवर्तनसँग लड्ने परियोजनामा भाग लिनुहुनेछ।
- मिस नेपाल अर्थ सोनी घलेले अन्तिम २५ मा स्थान बनाउन सकिनन् तर प्रारम्भिक चरणमा सशक्त प्रस्तुति गर्नुभयो।
मनिला (फिलिपिन्स) । सन् २०२५ को ‘मिस अर्थ’ प्रतियोगितामा दिगोपनको पक्षमा उभिने एक नयाँ वातावरणीय योद्धालाई ताज पहिराइएको छ । उनी चेक गणतन्त्रकी नताली पुस्किनोभा हुन् ।
बुधबार साँझ पारानाक शहरको ओकाडा मनिलाको कोभ मनिला क्लबमा आयोजित ग्राण्ड फिनालेमा गतवर्षकी विजेता अष्ट्रेलियाकी जेसिका लेनको हातबाट नतालीले ताज पहिरिइन् ।
नयाँ विजेताले ८१ अन्य आकांक्षीलाई पछि पारिन् । उनले ‘ब्युटीज फर ए कज’ शीर्षकअन्तर्गत जलवायु परिवर्तनको प्रभावसँग लड्ने लक्ष्य राखिएका परियोजनामा भाग लिने अपेक्षा गरिएको छ ।

पृथ्वीका अन्य तीन तत्वमा बाँडिएका ‘एलिमेन्ट क्विन’को ताज पनि पहिर्याइयो । आइसल्याण्डकी सोल्डिस इभार्सडोटिरले मिस अर्थ-एयरको उपाधि जितिन् ।
संयुक्त राज्य अमेरिकाकी फिलिपिनो-अमेरिकी सुन्दरी बी मिलन-विन्डोस्र्कीले मिस अर्थ- वाटरको ताज भियतनामकी मु अन ट्रिन्हलाई हस्तान्तरण गरिन् । थाइल्याण्डकी वारी न्गमखामले मिस अर्थ-फायरको उपाधि जितिन् ।
मिस नेपाल अर्थ सोनी घलेले सानदार प्रस्तुतिको बाबजुद पनि अन्तिम २५ मा स्थान बनाउन सकिनन् । यद्यपी, उनले प्रारम्भिक चरणमा सशक्त प्रस्तुतिले सबैको ध्यानाकृष्ट गरिन् ।
मिस अर्थ प्रतियोगिता सन् २००१ मा क्यारोसेल प्रोडक्सनले वातावरणीय जागरूकता प्रवद्र्धन गर्ने प्लेटफर्मको रूपमा स्थापित गरेको थियो ।
प्रतिक्रिया 4