News Summary
Generated by OK AI. Editorially reviewed.- फिलिपिन्स र भियतनाममा आएको कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुगेको छ।
- फिलिपिन्समा १८८ र भियतनाममा पाँच जनाको मृत्यु भएको हो।
- आँधीले मध्य भियतनामको तटीय क्षेत्रमा घरका छत उडाएको र हजारौं मानिस विद्यालयमा शरण लिइरहेका छन्।
२१ कात्तिक, काठमाडौं । फिलिपिन्स र भियतनाममा आएको कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुगेको छ ।
आँधीमा परेर फिलिपिन्समा १८८ जना र भियतनाममा पाँच जनाको मृत्यु भएको हो ।
बिहीबार १४९ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले मध्य भियतनामबाट बाहिरिएर पश्चिमतर्फ कम्बोडिया र लाओसतिर अघि बढिरहेको छ । मध्य भियतनामको तटीय किनार क्षेत्र रातभर आँधीको चपेटमा पर्दा बिहान फोहरको थुप्रो देखिन्छ ।
तीव्र गतिको हावाले रुखहरू ढलेका छन् भने घरका छत समेत उडाएको छ । थुप्रै आवासीय भवनमा क्षति पुगेको छ ।
हजारौं मानिस विद्यालय र अन्य सार्वजनिक भवनमा शरण लिइरहेका छन् । क्षति विवरण संकलन र उद्धारमा सेना तैनाथ भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4