२० कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव, घनश्याम भूसाल र जनार्दन शर्माले पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न नसकिने निष्कर्ष निकालेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी एकतामा सामेल नभएर छुट्टै राजनीतिक गन्तव्य तय गर्ने कार्यम जुटेका नेतात्रयले यस्तो निष्कर्ष निकालेका हुन् ।
उनीहरूले शुक्रबार संयुक्त प्रेस वक्तव्य निकालेको विज्ञप्तिमा भनिएको छ, ‘पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वत: स्पष्ट छ ।’
नेपाली कम्युनिस्ट पार्टी पुरानै बाटो हिँड्ने गरी अगाडि बढेको उनीहरूको निष्कर्ष छ ।
उनीहरू लेख्छन्, ‘मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तिनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर संकटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहान्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र संकटतर्फ धकेल्ने कुरा निश्चित छ ।’
वर्तमानको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु ज्वलन्त कार्यभार बनेको पनि उनीहरूको निष्कर्ष छ ।
उनीहरू अगाडि लेख्छन्, ‘राष्ट्रमाथि चौतर्फी संकट आएको यस परिस्थितिमा सबै प्रतिबद्ध कम्युनिस्टहरू, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत् मोर्चाबन्दीका लागि पहलकदमी लिनु आवश्यक भएको छ ।’
यही आवश्यकता अनुसार आफूहरू एकतावद्ध भएर अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेको उनीहरूले बताएका छन् ।
मुलुकको असाधारण राजनीतिक अन्योलका बारेमा सबै जानकार रहेको उल्लेख गर्दै उनीहरूले परिस्थितिको ख्याल गर्न आवश्यक रहेको बताएका छन्
प्रतिक्रिया 4