News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारमा सोमबार तरुलको मूल्य प्रतिकिलो थोकमा औसत १० रुपैयाँ घटेर ८५ रुपैयाँमा किनबेच भइरहेको छ।
- सोमबार पिँडालुको मूल्य प्रतिकिलो थोकमा औसत २५ रुपैयाँ घटेर ५० रुपैयाँमा किनबेच भइरहेको छ।
- सखरखण्डको मूल्य भने सोमबार प्रतिकिलो १२ रुपैयाँले बढेर ७७ रुपैयाँमा किनबेच भइरहेको छ।
२४ कात्तिक, काठमाडौं । कालीमाटी बजारमा तरुल र पिँडालुको मूल्य घटेको छ भने सखरखण्डको बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार तरुल, पिँडालु र सखरखण्डको मूल्यमा घटबढ देखाएको हो ।
आज सोमबार तरुलको मूल्य प्रतिकिलो थोकमा औसत १० रुपैयाँ घटेको छ । हिजो आइतबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको तरुल आज सोमबार प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै आज पिँडालुको मूल्य पनि प्रतिकिलो थोकमा औसत २५ रुपैयाँ घटेको छ । आज सोमबार पिँडालु प्रतिकिलो ५० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार भने पिँडालु प्रतिकिलो थोकमा ७५ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज सखरखण्डको मूल्य भने बढेको छ । हिजो आइतबार प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको सखरखण्ड आज प्रतिकिलो १२ रुपैयाँले बढेर ७७ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4