News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले ऊर्जा क्षेत्रका १६ आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ।
- सूचीमा बबई सिँचाइ, भेरी बबई डाइभर्सन, सुनकोशी मरिन डाइभर्सन लगायत आयोजनाहरू समावेश छन्।
- सूचीमा राखिएका आयोजनाको बजेट सुनिश्चित हुने र कार्यान्वयनमा सरकारले सहजीकरणमा प्राथमिकता दिनेछ।
२४ कात्तिक, काठमाडौं । सरकारले ऊर्जा क्षेत्रका १६ आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ ।
सरकारले सरकार र निजी प्रवर्द्धकबाट समेत कार्यान्वयन हुने ऊर्जा विकास र जलविद्युत् सम्बन्धी उत्पादन, प्रसारण र वितरण आयोजनालाई यो सूचीमा राखेको हो । जसमा यसअघि नै राष्ट्रिय गौरवका आयोजनामा समेटिएका आयोजना समेत छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यो सूचीमा बबई सिँचाइ, भेरी बबई डाइभर्सन, सुनकोशी मरिन डाइभर्सन, सिक्टा सिँचाइ र महाकाली सिँचाइ आयोजना सूचीकृत गरिएको हो ।
यसैगरी रानी जमरा कुलरिया सिँचाइ, नौमुरे बहुउद्देश्यीय आयोजना, कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय आयोजना, बागमती सिँचाइ, नवीनतम यान्त्रिक सिँचाइ आयोजना, प्रगन्न तथा बड्कापथ सिँचाइ आयोजनालाई समेत सूचीमा राखिएको छ ।
त्यस्तै सुनसरी मोरङ सिँचाइ आयोजना, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, बृहत् दाङ उपत्यका सिँचाइ आयोजना, जलस्रोत संरक्षण आयोजना (रुपाताल र धाप बाँध) र कर्णाली, पश्चिम राप्ती र नारायणी नदी व्यवस्थापन आयोजनालाई समेत यो सूचीमा राखिएको छ ।
यस्तो सूचीमा राखेका आयोजनाको बजेट सुनिश्चित हुने गर्छ भने कार्यान्वयनमा समेत सरकारले सहजीकरणमा प्राथमिकता दिन्छ ।
प्रतिक्रिया 4