News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुर प्रहरीले नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ४६ वर्षीय ऋषि केबीलाई पक्राउ गरेको छ।
- पीडित पक्षले सोमबार दिएको जाहेरीका आधारमा उनलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
- अभियुक्त केबीलाई जिल्ला अदालत मकवानपुरले म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
२५ कार्तिक, काठमाडौं । नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरमा एक अधिवक्ता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ बस्ने ४६ वर्षीय ऋषि केबी छन्।
पीडित पक्षले सोमबार दिएको जाहेरीका आधारमा उनलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
केबीले एक वर्षदेखि डरत्रास देखाई नाबालिकालाई करणी गर्दै आएको उजरीमा उल्लेख छ।
आरोपित केबीलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4