+
+
Shares

टासी ल्हान्जोम भन्छिन्- म कुनै पार्टीमा आबद्ध भइसकेको छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते २०:२८

२५ कात्तिक, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल ‘उज्यालो नेपाल’ को केन्द्रीय कमिटी सूचीमा रहेकी टासी ल्हान्जोमले आफू अहिलेसम्म कुनै दलमा आबद्ध नभएको बताएकी छिन् ।

सो पार्टीले आजमात्रै निर्वाचन आयोगमा विधान र केन्द्रीय कमिटीको सूचीसहित निवेदन दिएको छ ।

उक्त सूचीमा विवेकशील पार्टी छाडेकादेखि पहिचानवादी आन्दोलनमा संलग्न भएका नेताहरू समेत समेटिएका छन् । सोही सूचीमा टासीको पनि नाम छ ।

पार्टी निर्माण प्रक्रियाको अग्रपंक्तिमा रहेका जितराम लामाको दाबी अनुसार, केन्द्रीय कमिटीको सूचीमा रहेकी टासी ल्हान्जोम उनै हुन् ।

तर, टासी ल्हान्जोमले भने आफूसँग सामान्य कुराकानी भएको भए पनि पार्टीमै आबद्ध भने नभएको बताइन् ।

‘मसँग सामान्य कुराकानी भएको हो । तर, अहिलेसम्म कुनै दलमा आबद्ध भइसकेको छैन,’ उनले भनिन् ।

टासी मन्त्रिपरिषद्‍ विस्तार हुने क्रममा मन्त्री बन्ने चर्चा भएपछि विवादमा तानिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?