+
+
Shares

राजु लामा र सन्दीप लामिछानेबीच सांगीतिक सहकार्य हुन लागेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिकेटर सन्दीप लामिछानेले पपस्टार राजु लामासँगको फोटो मंगलबार बेलुका सार्वजनिक गरे।
  • राजुले भेटमा संगीतसम्बन्धी कुरा भएको र 'भाईहरूले एउटा गीत छ, गर्नुपर्छ' भनेको बताए।
  • राजु मंगोलियन हार्टका प्रमुख गायक हुन् र सन्दीपसँग सम्भावित सांगीतिक सहकार्य हुने सम्भावना छ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पपस्टार राजु लामासँगको एक फोटो मंगलबार बेलुका सार्वजनिक गरे ।

बौद्ध स्तुपालाई पृष्ठभूमिमा राखेर खिचिएको फोटोमा राजु र सन्दीप खुसी देखिन्छन् । फोटो सार्वजनिक हुने वित्तिकै प्रशंसकबीच सम्भावित सांगीतिक सहकार्यबारे अड्कलबाजी पनि चलिरहेको छ ।

राजु पप ब्याण्ड ‘मंगोलियन हार्ट’का प्रमुख गायक हुन् । यतिबेला उनको ब्यस्तता ‘भ्वाइस अफ नेपाल’मा छ । क्रिकेटर भैकन पनि सन्दीपले बेला-बेलामा गीत ल्याइरहन्छन् ।

यस्तोमा, अनलाइनखबरले यी दुईजनाबीच हुनसक्ने सम्भावित सांगीतिक सहकार्यबारे राजुसँग जिज्ञासा राखेको थियो । जवाफमा उनले भेटमा संगीतसम्बन्धी कुरा भएको बताए ।

‘भाईहरूले एउटा गीत छ, गर्नुपर्छ भनेर कुरा राख्नुभएको थियो’ भेटबारे राजुले भने, ‘सन्दीपलाई मैले क्रिकेटमा लाग्नुभन्दा पहिलेदेखि नै चिनेको हो । यसपटक भने म्युजिकको कुरा भयो ।’

यदि यसो भयो भने, मंगोलियन हार्ट स्टारसँग सन्दीपको सांगीतिक सहकार्य रोचक हुनेवाला छ । प्रशंसक पनि यी दुईबीचको कोल्याब हेर्न उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?