२६ कात्तिक, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा मकवानपुरबाट ५ जना पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगरपालिका-११ नवलपुर बस्ने ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी र तोडफोड गरेको आरोपमा सोही ठाउँमा बस्ने ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीइ सुरेन्द्र राना मगर पक्राउ परेका छन् ।
यसैगरी बागमती प्रदेश सभा सचिवालयको भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको बरथवा नगरपालिका-१ बस्ने २७ वर्षीया पुनम ठाकुर, सोही ठाउँका २७ वर्षीय प्रमोद महतो र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ बस्ने ४३ वर्षीय सागर घताने भन्ने रोमबहादुर घताने रहेका छन् ।
उनीहरूमाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4