+
+
Shares

४ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १६:४६
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै नर्वेकी राजदूत डाग्नी म्योस।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चार देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
  • नेपालका लागि इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद, नर्वेकी डाग्नी म्योस, श्रीलंकाकी रुवान्थी डेलपिटिया र म्यानमारका थान्त सिनले प्रमाणपत्र पेश गरेका हुन्।
  • नवनियुक्त राजदूतहरूलाई काठमाडौंको होटल डुसिट प्रिन्सदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।

२७ कात्तिक, काठमाडौं । चार देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहका बीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

नेपालका लागि इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद, नर्वेकी राजदूत डाग्नी म्योस, श्रीलंकाकी राजदूत रुवान्थी डेलपिटिया, म्यानमारका राजदूत थान्त सिनले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति पौडेलसमक्ष पेश गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । समारोहमा सरकारका उच्च पदस्थ अधिकारहरू समेत थिए ।

नवनियुक्त राजदूतहरूलाई काठमाडौंको होटल डुसिट प्रिन्सदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै म्यानमारका राजदूत थान्त सिन।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै श्रीलंकाकी राजदूत रुवान्थी डेलपिटिया ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?