+
+
WC Series
विराटनगर किंग्स 2025
60/5 (10.3)
VS
५७ बलमा ७५ रन आवश्यक
लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १६:४४
राष्ट्रपति रामचन्द्र पौडेललाई ओहोदाको प्रमाणपत्र बुझाउँदै रोमानियाकी नवनियुक्त राजदूत सेना लतिफ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
  • ओहोदाका प्रमाणपत्र बुझाउनेमा उज्वेकिस्तान, रोमानिया, ताजिकिस्तान, आइसल्याण्ड र क्युवाका राजदूतहरू रहेका छन्।
  • नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको छ।

२५ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित छुट्टाछुट्टै समारोहका बीच पाँच देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

ओहोदाका प्रमाणपत्र बुझाउनेमा उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना लतिफ, ताजिकिस्तानका राजदूत लुक्मोर बोबोकालोन्जोदा, आइसल्याण्डका राजदूत बेनेडिक्ट हेओस्कुल्द्सन र क्युवाका राजदूत हुवान कार्लोस मार्सान अगुइलेराले ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?