२८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा ईश्वर कार्कीलाई बढुवा सिफारिस गरिएको छ ।
दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै रिक्त रहेको एआईजी पदमा गृहले कार्कीलाई बढुवा सिफारिस गरिएको हो ।
गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4