+
+
Shares

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोत्तम सिमेन्टले कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश समावेश छ।
  • सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीको राजीनामा स्वीकृत गरेको छ।
  • कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बिक्री आम्दानी ३५ प्रतिशत बढेको र ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

३० कात्तिक, काठमाडौं । सर्वोत्तम सिमेन्टले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ ।

जसमा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ९९ करोड ५१ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसैबीच सोही सञ्चालक समिति बैठकले हालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष केसीले दिएको राजीनामा स्वीकृत गरेको छ । सर्वोत्तमले आजै चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण पनि सार्वजनिक गरेको छ । जसअनुसार बिक्री आम्दानी ३५ प्रतिशत बढेको छ ।

कम्पनीले पहिलो त्रैमासमा ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनी २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा थियो । त्यस्तै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २६.०७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?